जबरजस्ती करणीको जाहेरीपछि चितवनका इन्स्पेक्टर हिरासतमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकृतविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ ।

३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । आफ्नो स्वस्थ्य ठिक नभएको भन्दै इन्कार गर्दा पनि जबरजस्ती रगताम्मे बनाएर करणी गरेको उल्लेख गरिएको छ ।

पहिलोपटक जबर्जस्ती गरेको विषयमा जाहेरी गर्न प्रहरीकहाँ जान्छु भन्दा कार्यालय आइज कुरा गर्नुछ भनेपछि कार्यालय इलाका प्रहरी कार्यालय खैरहनीको कार्यकक्षमा नै इन्स्पेक्टर महतले जबरजस्ती करणी गरी कुटपिट समेत गरेको ती महिलाको भनाइ छ । जाहेरीपछि आफूलाई महतका आफन्तबाट धम्की आइरहेको उनले गुनासो गरिन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित