मोटरसाइकल दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुल्यो

देउखुरी । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लुप्र ०२–००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार उक्त मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलामा निर्माणाधीन पुलबाट खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र सोही मोटरसाइकलमा पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका ३९ वर्षीय कमल वलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
(((

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित