कानुन सुधार नभएसम्म पूर्वाधार निर्माणको समस्या समाधान हुँदैन : गगन थापा‍

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुनमा सुधार नभएसम्म नेपालको पूर्वाधार निर्माणमा देखिएको समस्या समाधान गर्न नसकिने बताएका छन् । कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका थापाले पूर्वाधार निर्माणमा आफ्नो योजनाबारे जानकारी दिन सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा यस्तो बताएका हुन् ।

थापाले विगतदेखि नै पूर्वाधार निर्माणमा देखिएको समस्याबारे बोल्दै र समाधानका लागि काम गर्दै आएको, तर अब त्यतिले मात्रै पर्याप्त नहुने जानकारी दिँदै आफ्नो योजना सार्वजनिक गरेका छन् । जसमा उनले कानुनमा सुधार गर्नुपर्ने विषयलाई जोड दिएका छन् ।

उनले कानुनमा सुधार, सम्बन्धित निकायमा सुशासन, स्रोतको व्यवस्थापन, नयाँ मोडलको सुरुवात, निजीक्षेत्रसँग सहकार्य र अनुगमनबाट मात्रै पूर्वाधार निर्माणमा देखिएको समस्या समाधान गर्न सकिने बताए । यी कुरामा काम गर्न सकेमा आउने पाँच वर्षमा रूपान्तकारी काम गर्न सकिने दाबी गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित