नेपालकै सबैभन्दा ठूलो मदिरा उद्योग सञ्चालनमा, २ सय भन्दा बढीलाई रोजगारी

काठमाडौं । नेपालको पेय पदार्थ उद्योगमा ऐतिहासिक उपलब्धि थपिँदै शाङ्ग्र्रिला डिस्टिलरी लिमिटेडले औपचारिक रूपमा उत्पादन सुरु गरेको छ । पहिलो उत्पादनको उद्घाटनसँगै कम्पनीले देशकै सबैभन्दा ठूलो र आधुनिक डिस्टिलरी सञ्चालनमा ल्याएको हो ।

८० हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक प्लान्ट नेपालमा हालसम्म निर्माण भएको सबैभन्दा ठूलो डिस्टिलरी संरचना हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको यस डिस्टिलरीमा स्पिरिट भण्डारण प्रणाली, ब्लेन्डिङ ट्याङ्क, ब्लेन्डिङ भण्डारण ट्याङ्क, होल्डिङ ट्याङ्क तथा पूर्ण स्वचालित उत्पादन लाइन जडान गरिएको छ ।

डिस्टिलरीले २५ यूपी, ३० यूपी, ४० यूपी र ७० यूपी सेग्मेन्टमा विभिन्न स्पिरिट उत्पादन गर्नेछ । कम्पनीका प्रमुख ब्रान्डहरूमा तेजस गोल्ड ह्विस्की, तेजस ब्ल्याक ह्विस्की, रीफ भोड्का र भी–८ प्रिमियम भोड्का रहेका छन् । सबै उत्पादन उन्नत फिल्ट्रेशन प्रणाली प्रयोग गरी स्कटल्यान्डबाट आयात गरिएको प्रिमियम माल्टबाट तयार पारिने कम्पनीले जनाएको छ, जसले अन्तर्राष्ट्रियस्तरको स्वाद र गुणस्तर सुनिश्चित गर्नेछ ।

शाङ्ग्रिला डिस्टिलरीले उत्पादनसँगै रोजगारी सिर्जनामा पनि उल्लेखनीय योगदान दिइरहेको छ । हाल कम्पनीमा २०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने आपूर्ति श्रृंखला, कृषि, वितरण तथा सहायक उद्योगमार्फत ठूलो संख्यामा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । डिस्टिलरी उद्योग सरकारका लागि उच्च कर र उत्पाद शुल्कको प्रमुख स्रोत भएकाले शाङ्ग्रिला डिस्टिलरीले राज्यको राजस्वमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । यसले चितवन क्षेत्रसहित देशभर आर्थिक गतिविधि बढाउनेछ ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै अस्ट्रेलियामा बलियो वितरण सञ्जाल विकास गरिसकेको छ । निर्यात केन्द्रित रणनीतिमार्फत नेपाली प्रिमियम स्पिरिटलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने र विदेशी मुद्रा आम्दानी बढाउने लक्ष्य लिएको छ ।

यस महत्वाकांक्षी परियोजनाको नेतृत्व प्रबन्ध निर्देशक प्रजन्न राज अधिकारीले गरिरहेका छन् । उनले अस्ट्रेलियाका विश्वस्तरीय डिस्टिलरीहरूमा प्रशिक्षण तथा ब्लेन्डिङ कार्यशालाको अनुभव हासिल गरेका छन् । उनको प्राविधिक ज्ञान र सञ्चालन दक्षताले शाङ्ग्रिला डिस्टिलरीलाई प्रिमियम ब्रान्डको रूपमा स्थापित गर्ने कम्पनीको विश्वास छ ।

उत्पादन सुरुवातसँगै शाङ्ग्रिला डिस्टिलरी लिमिटेडले नेपालमा औद्योगिक विकास, रोजगारी सिर्जना र निर्यात सम्भावनाको नयाँ युगको संकेत गरेको छ । गुणस्तर, सुरक्षा, नवप्रवर्तन र अन्तर्राष्ट्रिय मापदण्डमा प्रतिबद्ध रहँदै कम्पनीले नेपाली स्पिरिट उद्योगलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित