नवलपरासी पश्चिम–२ : नेकपाको फरक चुनाव प्रचार शैली, बिहानै मर्निङवाकमा भोट माग्दै

सुनवल । नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रचार शैलीलाई फरक तरिकाले गरेको पाइएको छ । माघ ६ गते मनोनयन दर्तापछि नेपाली कम्युनिष्ट पार्टीले दैनिकजसो विभिन्न टोलटोलमा मर्निङवाकसँगै मतदाताहरुको गुनासो सुन्दै भोट माग्ने गरेको हो । नेपाली कम्युनिष्ट पार्टीले पूर्वमन्त्री देवेन्द्र पौडेललाई यस क्षेत्रको उम्मेदवार बनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नवलपरासीका इन्चार्ज भविश्वर तिवारीका अनुसार बिहानै ५ बजेदेखि मर्निङवाकसहित जनताको घरघरमा पुगी भोट माग्दै गुनासा र सुझावहरु लिनेक्रम चलिरहेको छ । ‘हामी बिहानै टोलटोलमा मर्निङवाकसँगै मतदाताहरुको घरघरमा पुग्ने गर्दछौं,’ उनले भने, ‘जनताले विकासका काम गरिदिन पर्यो भन्ने सुझाव दिनुभएको छ ।’

IMG 1932 scaled https://newskhari.com/storage/2026/02/Untitled-design-74.jpg

उनका अनुसार सुनवल नगरपालिका, रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिकाको वडाहरुमा मर्निङवाकसँगै अभियानको पहिलो चरण सकिएको छ । ‘हामीले बनाएको पहिलो चरणको अभियान प्रत्येक पालिकामा तीन दिनको बनाएका थियौँ,’ उनले भने, ‘अब नयाँ रणनीति अनुसारको दैनिक कार्यतालिका बनाएर अगाडी बढ्छौं ।’ सबै वडाहरु नसमेटिएको बताउँदै अबको कार्यतालिका प्रत्येक वडा र टोल टोल पुग्ने गरी बनाउने तयारी भइरहेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लोकप्रसाद श्रेष्ठले बताए ।

‘अन्य पार्टीले प्रचार शुरु नगर्दै हामीले बिहानी मर्निङवाकसँगै जनताको घरदैलोमा जाँदै भोट माग्ने काम भएको छ,’ उनले भने, ‘जनतामा नयाँ उत्साह छ यस पटक हामीले नतिजा निकाल्ने गरी लागेका छौं ।’

IMG 2048 scaled https://newskhari.com/storage/2026/02/Untitled-design-74.jpg

नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । केहीले अभियान सुरु गरेपनि केही भने आन्तरिक छलफलमा जुटेका छन् ।

सुनवल नगरपालिकाका १३ वटा वडा, पाल्हीनन्दन गाउँपालिकाका ६ वटा, रामग्राम नगरपालिका १८ वटा वडा र सरावल गाउँपालिकाका ३ वटा गरी ४० वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख ३१ हजार ७७ जना मतदाता रहेका छन् ।

IMG 1968 scaled https://newskhari.com/storage/2026/02/Untitled-design-74.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित