काठमाडौं । बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा चार हजार दुईसय रुपैयाँ घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको छ।
गएको मंगलबार र बुधबार दुई दिनमा १८ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो र आज गरेर १३ हजार सातसय रुपैयाँ घटेको छ।
हिजो सुनको मूल्य दुई लाख ९५ हजार दुईसय रुपैयाँ थियो। अघिल्लो साताको शुक्रबारदेखि सोमबारसम्म तीन दिनमा सुनको भाउ तोलामा ५२ हजार सातसय रुपैयाँ घटेको थियो।
यही माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला २७० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको चार हजार सातसय १० रुपैयाँमा झरेको छ।
हिजो चाँदीको भाउ तोलाको चारहजार ९८० रुपैयाँ थियो। गएको आइतबार तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ पाँच हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गत साताको बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।




































