हाम्रो मुख्य एजेण्डा भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हो : नेता पौडेल

सुनवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले नेकपाको मुख्य एजेण्डा भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख रहेको बताएका छन् । बुधबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १० र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख आवश्यक रहेको बताएका हुन् ।

’सम्पूर्ण समुदायका अधिकार सुरक्षित गर्ने प्रणालीलाई समावेशी भनिन्छ । बढी खर्च गरेर चुनाव नगरी जनताका छोराछोरीहरु संसदमा जाने प्रणाली चाहिएको छ,’ उनले भने, ’पूर्ण समानुपातिकलगायतका विषयमा संविधान संशोधन गरी लैजानुपर्ने छ ।’

नेपालमा भएका विभिन्न आन्दोलन जनताको असन्तुष्टिबाट जन्मिएको बताउँदै त्यसका लागि दलहरु सच्चिन तयार हुनुपर्नेमा जोड दिए । ‘थुप्रै प्रकारका आन्दोलन हुनु भनेको जनता असन्तुष्टि भएकै कारणले हो,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको कुरा संविधान संशोधन गरी ल्याएपछि यी कुरा समाधान हुन्छन् ।’ तत्कालिन माओवादी पार्टीले सुरुमै जेनजी आन्दोलनलाई समर्थन गरेको बताउँदै शहीदको सपना पुरा गर्ने जिम्मेवारी अन्य दलहरुको भन्दा नेकपाको रहेको जिकिर गरे । जनताका आधारभूत आवश्यकता परिपूर्तिमा आफूहरूको ध्यान रहेकोसमेत उनले बताए ।

महेशपुर नाकालाई व्यवस्थित बनाउँदै नवलपरासी पश्चिमका जनताको जिवनस्तर सुधार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शिक्षा, स्वास्थ्यका काठमाडौं, भारत र चितवन जानुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय तहका विद्यालय र अस्पतालको स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । ’मुश्लिम, थारु, जनजाति अधिकारको निम्ति तत्कालिन माओवादी लड्यो,’ उनले भने, ’अब हाम्रो लडाई भनेको गरिबी अन्त्यका लागि हो ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित