उज्यालो नेपालको युवा तथा विद्यार्थी विभागको संयोजकमा राज मैनाली नियुक्त

काठमाडौं । उज्यालो नेपाल पार्टीको युवा तथा विद्यार्थी विभागको संयोजकमा राज मैनाली नियुक्त भएका छन् । सुनापती गाउँपालिका ४ रामेछापका सामाजिक अभियन्ता मैनालीलाई उज्यालो नेपालले उक्त जिम्मेवारी दिएको हो । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर मैनाली सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन् ।

‘तपाईको समाजप्रतिको सकारात्मक प्रभाव, सामाजिक र राजनीतिक कार्यमार्फत पु¥याउँदै आउनु भएको योगदानको कदर गर्दै उच्च सम्मानका साथ उज्यालो नेपाल पार्टीको विधान, २०८२ को दफा ३० ९२० अनुसार उज्यालो नेपाल पार्टीको केन्द्रीय युवा तथा विद्यार्थी बिभाग संयोजकका रुपमा मनोनयन गर्ने निर्णय गरिएको छ ।’ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको हस्ताक्षर अंकित पत्रमा लेखिएको छ ।

मैनाली रेडक्रस सोसाइटी, नेपाल स्काउट, होटल तथा पर्यटन व्यवसाय संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ लगायत विभिन्न संघसंस्थामा आबद्ध छन् । सुनापति गाउँपालिका रेडक्रस सोसाइटीका सचिव र नेपाल स्काउट सुनापती गाउँपालिकाका प्रमुख आयुक्त, एड्भान्स लिडर तथा प्रदेश स्काउट विपद व्यवस्थापनको मूल कमिटी सदस्यमा पनि हुन् । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीमा २०८२ मंसिरदेखी उनी सक्रिय छन् । नयाँ जिम्मेवारीपछि संगठन निर्माणमा उनी सक्रिय छन् ।

भूकम्पमा विभिन्न जिल्लामा उद्धार तथा राहतमा सक्रिय उनले कोरोना महामारीका बेला बीपी राजमार्गमा अलपत्र यात्रुलाई निःशुल्क खाना खुवाउने काम गरेका थिए । यस्तै कोभिड महामारीका बेला रामेछाप, काभ्रे र सिन्धुलीका सुरक्षा निकायको प्रमुखहरुलाई संयुक्त बैठक आयोजना गरी कोभिड नियन्त्रण र त्यस बेलामा हुने विभिन्न अपराधिक गतिविधि नियन्त्रणमा उनले भूमिका खेलेका थिए । ‘उज्यालो नेपालले दिएको जिम्मेवारी इमानदारीतापुवर्क पूरा गर्नेछु ।’ मैनालीले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित