अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ ।

उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर बदली कीर्ते गरी परीक्षा दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।

पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका–११ का १९ वर्षीय केशव थापा र वडा नं १० का १९ वर्षीय चन्द्र शाह, कुसे गाउँपालिका–२ का १९ वर्षीय विपेश सिंह, १८ वर्षीय सूर्यकिरण शाही, २१ वर्षीय निरज शाही, २३ वर्षीय नवराज विक, जाजरकोटको कुसे गाउँपालिका–२ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २६ वर्षीय पूर्णबहादुर सिंह र जुनीचाँदे गाउँपालिका–१ का १८ वर्षीय ललित रावल रहेको छन् ।

यस्तै, दुल्लु नगरपालिका– १ दैलेखका १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ गाउँपालिका–२ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू रहेको सूचना अधिकारी बुढाथापाले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्ति तथा गिरोहको खोजीकार्य भइरहेको र पक्राउ परेका १२ जनामाथि लिखत कीर्ते तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित