प्रलोपालाई भोट हाल्ने एमालेको सहमति रुकुमपूर्वमा अस्वीकार

काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी सहकार्यको सहमति एमाले रुकुम पूर्वले अस्वीकार गरेको छ ।

एमालेले रुकुम पश्चिममा नेता जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने र दाङ, रोल्पा, प्यूठानसहित कर्णालीका ७ जिल्लामा प्रलोपाले एमालेलाई समर्थन गर्ने सहमति भएको थियो तर एमाले रुकुम पूर्वमा उम्मेदवार बनेका लीलामणि गौतमले आज अध्यक्ष केपी ओलीलाई नै भेटेर त्यो क्षेत्र छाड्न नसकिने तथ्यांक देखाएर नछाड्ने समझदारी गरेको जनाएका छन् ।

रुकुम पूर्वका एमाले उम्मेदवार गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘जिल्ला जाने र चुनाव जितेर आउने’ भनेर शुभकामना दिएको भिडियो नै गौतमले आज सार्वजनिक गरेका छन् ।

उनले भनेका छन् ‘केही दिनयता रुकुम पूर्वको निर्वाचनका विषयमा आएका हल्ला र प्रचारका विषयमा आजदेखि स्पष्ट भएको छ ।

रुकुम पूर्वमा ढुक्कसँग सूर्य चिन्हमा मतदान गर्न पाइन्छ आजैदेखि प्रचार र तयारीमा उत्साहित भएर जुटौँ । अध्यक्षले त्यही शुभकामना दिनुभएको छ ।’ गौतमले प्रलोपाका उम्मेदवारले पनि आफूलाई समर्थन गर्ने गरी सहमतिको प्रयास भइरहेको दाबी गरेका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित