बंगलादेशका तीन वरिष्ठ प्रहरीलाई मृत्युदण्ड

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी)ले सोमबार जुलाई २०२४ को आन्दोलनका क्रममा मानवताविरुद्ध अपराध गरेको अभियोगमा ढाकाका तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

ढाका महानगरकी तत्कालीन प्रहरी कमिस्नर हबिबुर रहमान, सह–कमिस्नर सुदिप कुमार चक्राव्रत र उप–कमिस्नर शाह आलम मोहम्मदलाई सजाय सुनाइएको हो। यसै मुद्दामा अन्य पाँच प्रहरी अधिकारीलाई जेल चलान गरिएको छ।

फैसला सुनाइँदा तीनै जना अभियुक्त अदालतमा उपस्थित थिएनन्। उनीहरूको अवस्था अज्ञात रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

गत जुलाई–अगस्ट २०२४ मा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका क्रममा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो। कोटा प्रणालीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन दबाउन प्रहरी र सुरक्षा बलले अत्यधिक बल प्रयोग गरेको थियो।

अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन्। त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

नयाँ अन्तरिम सरकारले विगतका मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी)लाई सक्रिय बनाएको छ। यो विशेष अदालतले जुलाई आन्दोलनका क्रममा भएका दमनका मुद्दाहरू हेर्दै आएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित