चुनावी मैदानमा ६ पूर्वअर्थमन्त्रीहरू, को-कहाँबाट ?

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुलुकको अर्थतन्त्रको बागडोर सम्हालिसकेका पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका छन् । केही प्रभावशाली पूर्वअर्थमन्त्रीहरू आफ्नो विरासत जोगाउन संघर्षरत रहँदा केही भने यस पटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

को-कहाँबाट उम्मेदवार ?
यसअघि चुनाव नलड्ने घोषणा गरेका पूर्वप्रधानमन्त्रीसमेत भइसकेका पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो निर्णय बदल्दै गोरखा–२ बाट उम्मेदवारी दिएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी मैदानमा होमिएका उनले गत निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि यो क्षेत्र छाडेका थिए ।

नेकपा एमालेका उपाध्यक्ष तथा पटक–पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसपालि पनि रुपन्देही–२ बाटै चुनाव लड्दैछन्। सुरुमा पाल्पाबाट उठ्ने तय भए पनि बिरोधपछि एमालेले उनलाई पुरानै क्षेत्रमा टिकट दिएको हो । पौडेल २०५६ देखि सोही क्षेत्रमा सक्रिय छन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट पूर्वअर्थमन्त्री रहेका डा। प्रकाशशरण महत नुवाकोट–१ बाट उम्मेदवार बनेका छन् । सो क्षेत्रमा यसअघि माओवादीका हितबहादुर तामाङ विजयी भएका थिए । कांग्रेसकै अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की पुन: सुनसरी–४ बाटै प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन तेस्रो पटक रोल्पाबाट चुनावी प्रतिस्पर्धामा छन् । २०७४ र २०७९ को निर्वाचन जितेका उनी यस पटक पनि जित निकाल्ने दाउमा छन् ।

यता, प्रचण्डसँग अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट पाँचौँ जितको खोजीमा छन् । उनी यसअघि सोही क्षेत्रबाट चार पटक विजयी भइसकेका छन् । तर, प्रचण्डको साथ छाडेका उनलाई चुनौती थपिएको विश्लेषण गरिएको छ।

पूर्वअर्थराज्य मन्त्री उदय शम्शेर राणा पनि उम्मेदवार बनेका छन् । उनी ललितपुर १ बाट कांग्रेसका उम्मेदवार बनेका हुन् ।

यसपालिको निर्वाचनमा केही चिरपरिचित अनुहारहरू भने देखिने छैनन् । कांग्रेसका बौद्धिक नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट टाढिएका छन् । उनको स्थानमा भाइ प्रकाशशरणले टिकट पाएका छन् । त्यस्तै, कांग्रेसका अर्का नेता महेश आचार्य पनि यस पटक प्रतिस्पर्धामा छैनन्।

एमालेका पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डेले यस पटक टिकट पाएनन् भने डा. युवराज खतिवडा पनि चुनावी अभियानमा सहभागी छैनन् । नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरा, राप्रपाका डा.प्रकाशचन्द्र लोहनी यस पटकको चुनावी दौडमा छैनन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित