काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर नेकपाका केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई उम्मेदवारको टिकट दिएका हुन्।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।
तामाङले झापा–५ को टिकट आफूले पाएको बताए। संयोजक प्रचण्डले जितको शुभकामनासहित आफूलाई टिकट प्रदान गरेको जानकारी उनले दिए । माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ प्रखर वक्ताका रुपमा चिनिन्छन्। उनी युवाहरु माझ लोकप्रिय पनि छन्।
झापा–५ एमाले अध्यक्ष केपी ओलीको परम्परागत निर्वाचन क्षेत्र हो। सो क्षेत्रबाट ओली ०४८ सालदेखि लगातार चुनाव लड्दै आएका छन्।
०६४ को पहिलो संविधानसभा निर्वाचनबाहेक सबैमा उनले जित्दै आएका छन्। य




































