काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षका उपसभापति पूर्णबहाुर खड्काले कानुनी लडाइँ लड्ने बताएका छन् ।
शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि आयोगमा पुगेका उनले सबै सेटिङमा भएको समेत बताए । उनले आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताए ।
प्रक्रियागत रुपमा षड्यन्त्रपूर्ण रहेको बताउँदै उनले आयोगको निर्णय कांग्रेसको विधान विपरीत रहेको समेत बताए ।







































