सिन्धुलीको एसबीआई बैंक घरधनीकै योजनामा लुटपाट, २ करोड ६८ लाखसहित ७ जना पक्राउ

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाटमा घरधनीकै संलग्नता रहेको खुलेको छ।

बैंक लुटपाटपछि फरार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ। बैंक लुटपाटमा संलग्न ७ जनालाई पक्राउ गरेको सिन्धुलीका प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० का ४९ वर्षीय भागवत सिंह, सिन्धुलीको घ्याङलेख गाउँपालिका २ का ४७ वर्षीय चतुरमान बज्यु, भरतपुर महानगरपालिका २ बस्ने २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षका विवेक मगर, सिन्धुली घ्याङलेख गाउँपालिका २ का ४४ वर्षीय छविलाल स्या्तान र १६ वर्षका किशोर छन्।

उनीहरूले बैंकबाट लुटपाट गरेको मध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ प्रहरीले बरामद गरेको छ। यस्तै लुटपाटमा प्रयोग भएका २ थान खुकुरी, प्लास्टिकको पेस्तोल, टेप, नकाब ४ थान, पन्जा एक थान प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युले गत असोजमै बैंक लुट्ने योजना बनाएको खुलेको छ।

पुस २९ गते राति साढे ७ बजेको समयमा बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की र बैंकमा रहेका कर्मचारीलाई नियन्त्रणमा लिएको र खुकुरी समेत प्रहार गरेर घाइते बनाएको भन्दै प्रहरीलाई सूचना आएको थियो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीबाट खटिएको टोली घटनास्थलमा पुग्दा २ वटा कोठामा बैंकका कर्मचारीहरू र बैंकको सुरक्षा गार्डलाई हातखुट्टा बाँधी तथा मुखमा टेपसमेत टाँसिएको अवस्थामा फेला परेका थिए।

उनीहरूलाई तत्काल उद्धार गरेर प्रहरी फरार भएका लुटेराको खोजीमा लागेको थियो। भागेर जानसक्ने सम्भावित नाकामा प्रहरी तैनाथ गरिएका थिए।घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षकको कमान्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो।

प्रहरीले स्थानीयको समेत सहयोगमा शंकास्पद स्थानमा व्यापक खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ टाटा सुमो र चालक भागवत सिंह थापालाई फेला पारेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित