अमेरिकाले गर्याे माघ ७ देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने निर्णय

काठमाडौं । .अमेरिकाले यही जनवरी २१ (माघ ७) देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ।

फक्स न्युजका अनुसार, यो निर्णय अमेरिकी विदेश मन्त्रालयको ज्ञापनपत्रका आधारमा गरिएको हो। यसको उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु हो । अमेरिकाले आप्रवासी भिसा प्रक्रिया रोकिने ७५ मुलुकमा एसियाली महादेशका नेपालसहित २२ देश पनि परेका हुन्।

जसमा नेपाल, अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन छन्। आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो।

अमेरिकाको विदेश मन्त्रालयले अब अमेरिका आउने र सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर भएको आशंका गरिएका व्यक्तिलाई भिसा अस्वीकार गर्न कानुनी शक्ति प्रयोग गर्ने बताएको छ।

अमेरिकी दूतावास र कन्सुलर अधिकारीहरूलाई जाँच र प्रमाणीकरण प्रक्रियाको पुन: समीक्षा नभएसम्म भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिइएको छ। यो स्थगन कति समयसम्म रहनेछ भन्नेबारे कुनै जानकारी दिइएको छैन।

अमेरिकाको विदेश मन्त्रालयले ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता अहिलेसम्म १ लाखभन्दा बढी भिसा रद्द गरिएको बताएको छ।

यसैबिच अमेरिकाको गृह सुरक्षा विभागले गत महिना ६ लाख ५० हजारभन्दा बढी मानिसलाई देश निकाला गरिएको र २५ लाख जना स्वेच्छाले अमेरिकाबाट बाहिरिएको जानकारी दिएको छ।

आप्रवासी भिसा रोकिने अन्य देश यी हुन्

अल्जेरिया, क्यामरुन, केप भर्डे, कोट डिुआइवर, कंगो, इजिप्ट, इरिट्रिया, इथियोपिया, गाम्बिया, घाना, गिनी, हैटी, लाइबेरिया, लिबिया, मोरक्को, नाइजेरिया, कंगो गणराज्य, रुवान्डा, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, तान्जानिया, टोगो, ट्युनिसिया र युगान्डा।

युरोप

रुस, अल्बानिया, बेलारुस, बोस्निया, जर्जिया, कोसोभो, म्यासेडोनिया (उत्तरी म्यासेडोनिया), मोल्डोभा र मोन्टेनेग्रो। उत्तरी अमेरिका (क्यारिबियन सहित)

एन्टिगुआ र बारबुडा, बहामास, बार्बाडोस, बेलिज, क्युबा, डोमिनिका, ग्रेनाडा, हैटी, जमैका, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स।

दक्षिण र मध्य अमेरिकी देश

ब्राजिल, कोलम्बिया, उरुग्वे, ग्वाटेमाला र निकारागुआ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित