झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

फाइल तस्बिर

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाइसक्नुपर्नेछ । उनले निर्वाचन सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले कार्यालयमा उपस्थित भई आवश्यक कागजातसहित हातहतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

शान्तिपूर्ण र सुरक्षित निर्वाचन राष्ट्रको गौरव भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले यस कार्यमा सम्पूर्ण जिल्लाबासी, नागरिक समाज तथा सरोकार भएकाबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित