राष्ट्रिय मुक्ति पार्टीमा वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेकपामा समाहित हुँदै

काठमाडौं । सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । चुनावको केही समय अगाडि उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिए । एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा राखिएको छ ।

२०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । त्यसबेला १३ हजार ७७० जना मत पाए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए । स्वतन्त्र तथा वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रयासमा लागेका थिए ।

२०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचन पनि लडे । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठसँग पराजित भए । गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले ६ हजार १७९ मत पाएका थिए ।

पछिल्लो समयमा सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए । राष्ट्रिय मुक्ति पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए ।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्न खोजेका हुन् । ५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका हुन् । उनी काठमाडौंका रैथानेमाझ चर्चित छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित