आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ। सोमबार तोलामा चार हजार एकसय बढेको सुनको मूल्य आज फेरि एक हजार आठसय रुपैयाँ बढेर दुई लाख ७६ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो । आइतबार सुनको भाउ तोलामा दुई हजार आठसय बढेको थियो। त्यसअघि गएको शुक्रबार पनि सुनको भाउ तोलामा दुई हजार एकसय बढेको थियो।

हिजो सुनको मूल्य तोलाको दुई लाख ७४ हजार सातसय रुपैयाँ थियो । गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबारदेखि लगातार बढिरहेको छ। चार दिनमा सुनको भाउ तोलामा १० हजार आठसय रुपैयाँ बढिसकेको छ।

त्यसैगरि आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च बनेको छ। तोलामा १४५ रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार तीनसय ४० पुगेको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै महँगो हो।

हिजो तोलामा २०५ रुपैयाँ बढेर चाँदीको भाउ पाँच हजार एकसय ९५ रुपैयाँ पुगेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित