बागलुङमा एक लाख ९३ हजार मतदाता कायम

ढोरपाटन । बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।

गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म दर्ता भएको मतदाता नामावलीमा १६ देखि २८ वर्षसम्मका उमेर समूह बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार जिल्लाभर पाँच हजार २५३ मतदाता थपिएका छन् ।

मतदाता नामावली दर्ता गराउनेमा सबैभन्दा बढी युवापुस्ता छन् । जिल्ला बाहिरका १०० मतदाताले बागलुङबाट नामावली दर्ता गराएको प्रमुख रिजालले बताए । जिल्ला निर्वाचन कार्यालयमै पुगेर एक हजार ४६४ जना र राष्ट्रिय परिचय प्रणालीतर्फबाट तीन हजार ९२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

बागलुङमा दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं १ मा ४८ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९८ हजार ८४६ जना र क्षेत्र नं २ मा ५९ मतदानस्थलको ११५ मतदान केन्द्रमा ९५ हजार ३३५ मतदाता रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित