बागलुङ-२ : चुनावको तयारीमा होमियो नेपाली कम्युनिष्ट पार्टी

थम्मन थापा, बागलुङ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै नेपाली कम्युनिष्ट पार्टी बागलुङ आन्तरिक तयारीमा जुटेको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट बागलुङ क्षेत्र नं २ मा पार्टीका नेता ज्ञामनाथ गैरे ‘अनिल’लाई उम्मेदवार सिफारिस गरेसँगै नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर समितिले अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात पहिलो पटक फागुनमा हुन लागेको निर्वाचनमा पार्टीका उम्मेदवारको विजयी सुनिश्चित गर्दै मुलुकको समृद्धि र सामाजिक न्यायका क्षेत्रमा समर्पित हुनुपर्ने कुरामा जोड दिइएको थियो ।

सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर नेपाली कम्युनिष्ट पार्टी अगाडी बढिरहेको सन्दर्भमा बागलुङ क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका ज्ञामनाथ गैरे अनिललाई जिताउनुको विकल्प नरहेको सहभागीले बताएका छन् ।

अन्र्तक्रियामा बोल्दै उम्मेदवार गैरेले आफुले पहिलो पटक प्राप्त गरेको अवसरलाई भरपुर सदुपयोग गर्दै त्यसको लागि आफू कार्य सम्पादन गर्ने विषयमा प्रतिबद्ध रहेको बताए । नेपाली कम्युनिष्ट पार्टीको लक्ष्य र उद्देश्य आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने र शान्तिपूर्ण ढंगले मुलुकमा नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको भन्दै उम्मेदवार गैरेले सबैको सहयोग र साथको अपेक्षा गरेको उल्लेख गरे ।

अन्तक्रियामा गलकोट नगरपालिकाको ११ वटै वडामा सांगठनिक अवस्था, पार्टीले सरकारको नेतृत्व गर्दा भष्ट्राचार न्यूनिकरण र सुशासनको क्षेत्रमा खेलेको भुमिकाको विषयमा समिक्षासमेत गरिएको थियो । अन्तक्रियामा सहभागीहरुले आआफना धारणा राखेका थिए ।

कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर सभापति गंगा बहादुर भुजेलको अध्यक्षता र सचिव खिम साहानीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित