काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष शिवलाल थापामगरसहितका नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेको हुन् ।
उनीसँगै केही केन्द्रीय सदस्यहरू सहितको टिम र मनिष हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएको हो ।





































