कांग्रेसलाई बदल्न र देशलाई जोड्न विशेष महाधिवेशन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस मात्रै नभएर देशैलाई बदल्ने संकल्पमा आफूहरू विशेष महाधिवेशनको मैदानमा खडा भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई आइतबार भृकुटीमण्डपममा सम्बोधन गर्दै उनले पार्टी मात्रै बदल्ने विशेष महाधिवशेन नमागेको बताए ।

‘कांग्रेस मात्रै बदल्न हामी यहाँ आएका होइनौँ । हामी बदलिन पनि सक्छौँ । बदल्न पनि सक्छौँ । अनि देशलाई समुन्नतिमा अगाडि बढाउन सक्छौँ भन्नेमा प्रण गर्छौं । त्यसैले कांग्रेस र देशलाई सँगै बदल्न हामी मैदानमा आएका हौँ,’ शर्माले भने, ‘घर निवास, भन्दा नेपाली नेपालीको मन जलेको छ । यसैले हामी मन जोड्न आएका हौँ । भवन जोड्ने मात्रै होइन, मन जोड्नसमेत हामी विशष महाविधेशनमा जोडिएका हौँ ।’

मौसम खराबी भएपछि यसलाई अनुकूलतामा बदल्न र विकसित गर्न आफूहरू मैदानमा ओर्लिएको उनको भनाइ छ । लामो समय पोखरी जसरी जमेको नेतृत्वको अप्राकृतिक स्थितिलाई आफूहरूले खोल्न चाहेको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित