फोहोर व्यवस्थापनलाई लिएर पोखरामा विवाद, वडाध्यक्ष नचाए खुकुरी

कास्की । फोहोर व्यवस्थापनलाई लिएर पोखरा महानगरपालिका वडा नम्बर ३३ मा भएको विवादले उग्ररुप लिएको छ । विवाद यतिसम्म पुग्यो कि वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी निकालेर नचाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

वडाध्यक्ष अधिकारी अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय लगिएको छ । जिल्ला प्रशासन कार्यालयभित्र छलफल चलिरहँदा बाहिर स्थानीयहरुले जीउज्यानको सुरक्षा माग्दै दबाब दिएका छन् । स्थानीय बासिन्दाले फोहोर फाल्न नदिने भन्दै वडा कार्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरिरहेको बेला वडाध्यक्ष हतियारसहित आएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ ।

वडामा ल्यान्डफिल साइट राख्ने निर्णयको विरोधमा स्थानीयहरू स्वतःस्फूर्त रूपमा जम्मा भएका थिए । स्थानीय अजय थापा भन्छन्, ‘हाम्रो वडामा त्यहाँ फोहोर ल्याउने निर्णय भएको रहेछ । त्यसको विरोधमा जनता र बासिन्दाहरु सबै त्यहाँ जम्मा भएका थियौं । यहाँ फोहोर महिला नल्याउने सबैको माग छ ।’

सोही विरोधमा उनीहरुले शुक्रबार बिहान वडा कार्यालयमा ताला लगाइदिएका छन् । ‘हामीलाई आशा थियो कि उहाँ आएर सम्बोधन गर्नुहुन्छ होला, ल भाइ हो के कसो गर्ने, गाउँ सल्लाह, तिमीहरूकै गाउँ छिमेक हो भन्नुहुन्छ होला भन्ने थियो,’ थापा भन्छन्, ‘उहाँ एक्कासि आएर त्यत्रो मान्छेका माझमा हतियार (खुकुरी) निकालेर नचाउन थाल्नुभयो । त्यहाँ अलिकति उग्र रूप भयो ।’

वडाध्यक्ष अधिकारीलाई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित