काठमाडौं । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले रवि लामिछाने र बालेन शाह मिलेपछि अब कुलमान घिसिङ र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मिल्न सक्ने अनुमान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत रवि–बालेनसँग नमिलेका कुलमान अब प्रचण्डसँग मिल्ने सक्ने बताएका हुन्।
‘रवि –बालेन मिलेछन् । अब कुलमान–प्रचण्ड बाँकी रहेजस्तो देखियो । त्यो पनि होलाझैँ लाग्छ’, बाँस्कोटाले भनेका छन्। कुनैबेला कुलमान प्रचण्ड निकट थिए। प्रचण्डकै पहलकदमीमा कुलमान नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने।
यसअघि पनि प्रचण्डले कार्यकारी निर्देशक बनाए पनि एमाले सरकारले उनलाई हटायो। नागरिक सरकार बनेसँगै कुलमानले नयाँ दल बनाए। बालेन–रवि एकता गर्दा पनि अन्तिमसम्म कुलमानसँगै थिए। तर अस्तित्व संकट पर्ने भन्दै एकतामा गएनन्।

































