काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी बागलुङले बागलुङ निर्वाचन क्षेत्र १ बाट देवेन्द्र पौडेलको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा पौडेलकोे नाम सिफारिस गरेको हो ।
यसअघि बागलुङ क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए । उनीसँगै कृष्णबहादुर केसी, बाबुकाजी केसी, पिङ्गलराज गौतम, चीनिमाया काला मगर, कुलचन्द्र शर्मा प्रत्यक्षमा सिफारिस भएका हुन् ।
यस्तै समानुपातिक तर्फ चेतबहादुर पुन बलावति शर्मा, ज्ञानीकुमारी थापामगर, सिता शर्मा, गगन बहादुर पुन, टीका कुमारी विश्वकर्मा, निर्मलबहादुर श्रेष्ठ र आरती शर्मा सिफारिस भएका छन् ।



































