बागलुङ । नेपाली कम्युनिष्ट पार्टी बागलुङले बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट कमल घिमिरेको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा कमल घिमिरेको नाम सिफारिस गरेको हो ।
उनीसँगै ज्ञामनाथ गैरे, हर्क थापा, केशरी घर्तीमगर, चन्द्रलाल अर्याल, दिवस खत्री, अविशेषकजंग श्रीपाली प्रत्यक्ष तर्फ सिफारिस भएका हुन् । समानुपातिक तर्फ निलबहादुर पुन, मेखबहादुर विक, केशर छन्त्याल, गंगा भुजेल, झकप्रसाद विक, अनिल विक र मनकुमारी विक सिफारिस भएका छन् ।

































