बालेन र कुलमानबीच वार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच छलफल जारी छ।

ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा बालेन र कुलमानबीच छलफल भइरहेको उनीहरूं निकट नेताहरूले जानकारी दिएका छन्।

बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने सम्बन्धमा यसअघि नै लगभग सहमति जुटिसकेको थियो। पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि एक भएर जाने विषयमा घनिभूत छलफल चलेको थियो।

त्यसबारेमा सहमति जुटाउनका लागि ज्वागलमा बालेनसँग रास्वपा सभापति रवि लामिछाने र मन्त्री कुलमान घिसिङले छुट्टाछुट्टै भेटवार्ता गर्दै आएका छन्। यद्यपि सांगठनिक संरचनाको विषयमा बालेन र रविबीच कुरा मिलिनसकेको रास्वपा निकट एक नेताले बताए ।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार र पार्टीमा रविपछिको वरीयता प्रस्ताव गरेको थियो। उसले आधारभूत तहसम्म पार्टीको संगठन भएको, संसदीय अनुभव पनि हासिल गरिसकेको बताउँदै सांगठनिक संरचनामा रास्वपाको हिस्सेदारी प्रमुख हुनुपर्ने प्रस्ताव गरेको थियो।

यसमा बालेन सहमत छैनन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित