बालेनलाई प्रधानमन्त्री बनाउन रवि तयार, एकताको ‘ड्राफ्ट’ बनाउन कार्यदल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आगामी चुनावमा मिलेर जानका लागि गठन गरेको कार्यदलको निर्णायक बैठक बसिरहेको छ।

दुवै पक्षबीच हुने सम्झौताको ‘ड्राफ्ट’ बनाउनका लागि कार्यदल जुटिरहेको बालेन निकट एक नेताले जानकारी दिए । आज सम्झौताको ड्राफ्ट फाइनल गर्नका लागि कार्यदल छलफलमा छ,’ ति नेताले भने, ‘आजै हस्ताक्षर होला वा नहोला, घोषणा गरिनहालौंँ।’

सम्झौताको ड्राफ्ट बनाउने कार्यदलमा सुनिल लम्साल, शिशिर खनाल, असिम साह, कुमार ब्यञ्जनकार छन्। ती नेताका अनुसार, अहिलेसम्म रास्वपा सभापति रवि लामिछानेले बालेनलाई आफूभन्दा पछाडिको वरीयता दिन तयार रहेको सन्देश पठाएका छन्।

‘बालेनलाई पार्टीको दोस्रो वरीयता र आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेवार प्रोजेक्ट गरेर जाने लगभग निश्चित जस्तै देखिन्छ। यदि प्राविधिक कार्यले नरोकिए यसै सेरोफेरोमा सहमति हुनेछ,’ उनले भने।

बालेन र रविबीच यसअघि भएका वार्तामा पनि बालेनले आफूलाई आउँदो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार ‘प्रोजेक्ट’ गरेर जानुपर्ने शर्त राख्दै आएका थिए। सोमबार भएको दुवै जनाको भेटवार्तामा रास्वपाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे मात्रै मिल्न सकिने बताएका थिए।

‘रास्वपाका सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँट सम्मानजनक हुनुपर्छ भन्नुको अर्थ आउने चुनावमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार हुनुपर्छ भन्ने हो, प्रधानमन्त्रीको उम्मेदवार हाम्रो बटमलाइन हो,’ सोमबारको भेटपछि बालेनका एक सहयोगीले भनेका थिए, ‘यदि भएन भने देशविकास पार्टीलाई अगाडि लाने हो, त्यही अनुसार तयारी अघि बढिसक्यो।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित