दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

चितवन । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् ।

जिला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जङ्गल नजिक दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अङ्कित महतो घाइते भएका थिए ।

घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अङ्कितको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित