रुकुम पूर्वमा उम्मेदवार छनोटमा सकस, जनताको रोजाइमा ‘प्रचण्ड’

रुकुम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम (पूर्व) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वार टुंग्याउन नसकेपछि अन्तिम निर्णयको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयलाई सुम्पिने निर्णय गरेको छ।

जिल्लामा प्रत्यक्षतर्फ गणेशमान पुन, तेजबहादुर ओली, जितमान पुन र दलजित सेर्पालीले आ–आफ्नो उम्मेद्वारी दाबी गरेपछि सहमति कायम हुन नसकेको हो । लामो समयसम्म चलेको आन्तरिक छलफलका बाबजुद साझा निष्कर्षमा पुग्न नसकेपछि जिल्ला कमिटीले विषय केन्द्रीय तहमा पठाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ।

यसबीच पार्टीको आन्तरिक सर्कुलरअनुसार जेन–जी (नयाँ पुस्ता) को प्रतिनिधित्व गर्दै सर्जना कार्कीको नाममा भने सर्वसम्मत सहमति जुटेको छ।

बैठकका क्रममा जनयुद्धको सुरुवात भएको ऐतिहासिक जिल्ला रुकुमले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व पाउनुपर्ने आवाज भने चर्को रूपमा उठेको थियो। जिल्लाका नेताहरूले विकास निर्माण, जनयुद्धका सहिद, बेपत्ता, घाइते तथा अपांगहरूको सवालमा अपेक्षित पहल गर्न नसकेको भन्दै युवापंक्तिले बैठक हलमै आक्रोश व्यक्त गरेका थिए ।

सहिद परिवारका सदस्यहरूले समेत प्रचण्डलाई प्रत्यक्षतर्फ एकल सिफारिस गर्नुपर्ने माग उठाएका थिए। तर, जनस्तर र पार्टी आधारभूत तहबाट प्रचण्डको नेतृत्वको माग उठिरहेका बेला जिल्लाका नेताहरूले आफ्नै नाम अघि सारेर सिफारिस पठाएको विषयले पार्टीभित्र बहस चर्किएको छ। यता, समानुपातिकतर्फ भने पाँच जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा महिला समूहबाट सुनिता बुढा, अल्पसंख्यकतर्फ दिपेन्द्र छन्त्याल, अन्य समूहबाट टिकाराम उपाध्याय तथा दलित कोटाबाट हर्कबहादुर कामी र उपेन्द्रलाल कामी रहेका छन्।

अब रुकुम (पूर्व) को प्रत्यक्षतर्फको उम्मेद्वारबारे अन्तिम निर्णय पार्टी केन्द्रीय कार्यालयले गर्नेछ, जसले जिल्लाको जनभावना र आन्तरिक शक्ति सन्तुलनलाई कसरी सम्बोधन गर्छ भन्ने चासो बढेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित