नेपाल ट्रस्ट जग्गा प्रकरण : लेखबहादुर र अर्जुन कार्कीलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की र पूर्वसहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ।

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले पूर्वसहसचिव लेखबहादुर कार्कीसँग १० लाख र पूर्वसचिव अर्जुनकुमार कार्कीसँग ६ लाख रुपैयाँ धरौटी माग गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौँले पुस २ गते पूर्वसहसचिव लेखबहादुर, पूर्वसचिव अर्जुन, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो।

उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो। यसरी गरेको सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको सीआईबीको अनुसन्धानको निस्कर्ष थियो।

२०७४ जेठ १४ गते भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरिएको थियो।

नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित कित्ता नं, ४६०६ को १-१४-०-३/५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो।

सूचनामा उल्लेख नै नभएको कित्ता नं. ४६०५ को ०-३-३-०/९४ को जग्गा समेत उल्लेख गरी क्षेत्रफल समेत थपघट गरी सम्झौता गरेको पाइएको हो। नेपाल ट्रस्टको कार्यालयमा कार्यरत तत्कालीन सचिव र सहसचिव कार्कीद्वयले आफ्नो पद र ओहदाको गैरकानूनी लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको आरोप छ।

६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसामा दिनुपर्नेमा १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता भएको थियो। यसरी चार अर्ब ८६ करोड २५ लाख ८५ हजार ७८९ रुपैयाँ ७१ पैसा र कित्ता नं. ४६०५ को बाटोको जग्गा प्रयोग गर्न दिए वापत हालसम्मको बिगो ५३ लाख ४४ हजार ४६७ रुपैयाँ ६६ पैसा चारै प्रतिवादीबाट भराउन माग दाबी गरिएको छ।

कित्ता नं. ४६०६ को हकमा सम्झौतामा ३ तला उल्लेख भएको तर निर्माण ५औँ तलासम्म गरेको पाइएको थियो। चौथो र पाँचौँ तलाको भाडाबापत ३८ करोड ८४ लाख ५३ हजार ४३० रुपैयाँ थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाबाट नेपाल ट्रस्टलाई भराउन माग दाबी गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित