जेनजी प्रदर्शन : मिराज, रविकिरण, निकोलससहित पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका जेनजी अगुवासहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनबाट अनुमति नलिई प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा उत्रिएका निकोलस भुसाल, जेनजी अगुवा मिराज ढुंगानासहित केही जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि नियन्त्रणमा लिएर छाडे पनि पुनः प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मिराज, रविकिरण हमाल, अजय सोडारीलगायत जेनजीलाई नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखिएको छ । तर, यता जेनजीहरुले भने आफूहरुले सामूहिक गिरफ्तारी दिएको जनाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनसहितको माग राखेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । तर, उनीहरुलाई प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थिएन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित