‘जेनजी’लाई विरोध प्रदर्शन गर्न काठमाडौं जिल्ला प्रशासनले दिएन अनुमति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा पुगेको टोलीलाई अनुमति नदिइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले सोमबार (पुस ७) जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाएको बताए ।

“आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन,” सीडीओ पौडेलले भने ।

आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । सोमबार उनीहरू आन्दोलन गर्न अनुमति माग्दै प्रशासन कार्यालय पुगेका हुन् ।

गरी खान देऊ अभियानका जेनजी अगुवा हरिश भट्टले छलफल भइरहेको बताए । “हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । प्रशासनले अनुमति नदिए पनि हामी माइतीघर जान्छौँ । आज सीमित संख्यामा उपस्थिति हुने र क्रमशः बढाउँदै जानेछौँ,” उनले भने ।

जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित