प्याब्सनका पूर्वअध्यक्ष पुरीले छाडे एमाले

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेशका सल्लाहकार समितिका सदस्य तथा प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले एमाले परित्याग गरेका छन् ।

उनले एमालेसँगको झण्डै पाँच दशक लामो यात्रालाई विश्राम दिएका हुन् । लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय पुरीले व्यवहारिक र पारिवारिक कारण देखाउँदै पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यताबाट समेत राजीनामा दिएका हुन् ।

विराटनगर–५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा अब उप्रान्त आफू पार्टीको कुनै पनि तह र भूमिकामा नरहने स्पष्ट पारेका छन् । उनले आफ्नो राजीनामाको बोधार्थ मोरङ जिल्ला कमिटीलाई समेत पठाएका छन् ।

पुरीको राजनीतिक यात्रा २०३३ सालमा तत्कालीन नेकपा (माले) मार्फत शुरू भएको थियो । पञ्चायती व्यवस्थाको कठिन समयदेखि नै भूमिगत राजनीति र कम्युनिस्ट आन्दोलनमा होमिएका उनले २०४७ सालमा एमालेको सक्रिय सदस्यता प्राप्त गरेका थिए ।

पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनी पछिल्लो समय कोशी प्रदेश कमिटीको सल्लाहकारका रूपमा कार्यरत थिए ।

उनी विराटनगरस्थित नाम चलेको एभरेष्ट स्कूलका सञ्चालक हुन् भने निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सनको केन्द्रीय अध्यक्ष भएर सफल नेतृत्व प्रदान गरिसकेका व्यक्ति हुन् ।

पछिल्लो समय पुराना पार्टी परित्याग गरेर नयाँ राजनीतिक शक्ति वा स्वतन्त्र अभियानमा लाग्ने लहर चलेका बेला पुरीको राजीनामा आएको हो । यद्यपि, उनले आफ्नो राजीनामा पत्रमा कुनै नयाँ पार्टी प्रवेशको कुरा उल्लेख गरेका छैनन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित