बागलुङमा बाटो काट्दै गरेका बालकलाई जिपले ठक्कर दिँदा मृत्यु

बागलुङ । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा काठेखोला गाउँपालिका-१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो।

जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए।

बालकलाई सडक क्रस गर्दै गर्दा जिपले ठक्कर दिएको उनले बताए।

जिपचालक पर्वतको जलजला गाउँपापिलका-८ नाङ्लिबाङका २५ वर्षीय सुनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित