एमालेका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्।मतपरिणामको बिहीबार घोषणा भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन् ।

महाधिवेशनबाट ओली नै पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व हात पारे।

त्यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबै भन्दा बढी मत प्राप्त गरे भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्। शंकर पोखरेल महासचिवमा विजयी भए भने उपमहासचिवमा रघुवीर महासेठ,लेखराज भट्ट र योगेश भट्टराई विजयी भएका थिए ।

सचिवमा खगराज अधिकारी र पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी, खगराज अधिकारी र राजन भट्टराई विजयी भएका छन् । विजेता सबैले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् ।

शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले पार्टी विधान र नीतिप्रति निष्ठा राख्ने तथा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । १९ सदस्यीय पदाधिकारी टोलीमा अधिकांश पुराना अनुहारहरू नै निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन् ।

महाधिवेशनले पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको हो। यस महाधिवेशनले एमालेको आन्तरिक एकतालाई मजबुत बनाउँदै आगामी दिनमा सरकार र विपक्षी भूमिकामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित