एमाले महाधिवेशन : चिप्स संकलनपछि मतगणनाका लागि बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही समयपछि मतगणना सुरु हुँदै छ । मतदान सकिएपछि विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलन गर्ने काम भइसकेको छ ।

अब निर्वाचन समितिको बैठक बसेर मतगणना सुरु हुनेछ । “चिप्स संकलन गर्ने काम भइसकेको छ । अब निर्वाचन समितिको बैठक बसेर मतगणना सुरु हुन्छ,” एमाले निर्वाचन आयोगको सचिव डा. कुन्साङ लामाले भने ।

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि भोटर रहेकामा दुई २२७ मत खसेको छ । ३६ प्रतिनिधिले भने मतदान गरेनन् । भोटिङमा समय लागे पनि इलेक्ट्रिक मतदान भएकाले मतगणनामा भने धेरै समय नलाग्ने एमाले निर्वाचन आयोगले जनाएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको प्रतिस्पर्धा रहेको छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित