सरकार र दुर्गा प्रसाईं समूहबीचको वार्तामा के भयो सहमति ?

काठमाडौं । सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सरकारले जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ भएको वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

सञ्चारमन्त्री खरेलले भने, ‘सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ।’

अभियानका केन्द्रीय प्रेमदिप लिम्बुले वार्तामा सकारात्मक र सौहार्दपूर्ण वातावरण कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र संवादको माध्यमबाट महाअभियानले उठाएको मागहरुको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए।

वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानबाट सचिव प्रेमदिप लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए।

अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन्। वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ।

सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो।

कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित