सरकारले गर्यो ८ सचिवको सरुवा, को-कहाँ ?

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ८ जना सचिवको सरुवा गरेको हो ।

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन र आगामी माघ ११ गतेको निर्वाचनको तयारी कार्य सुरुदेखि गर्दै आएका आयोगका सचिव महादेव पन्थलाई सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थन्क्याएको छ ।

पन्थ केही दिनअघि मात्रै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृत तोकिएका थिए । पन्थलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा थन्क्याएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतलाई निर्वाचन आयोगको सचिवमा सरुवा गरिएको छ । राउत करिब डेढ वर्षदेखि उद्योग मन्त्रालयको सचिवको जिम्मेवारीमा छन् ।

उद्योग सचिव राउतको सरुवा भएसँगै त्यहाँ राष्ट्रिय तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई पठाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव कमल पोखरेललाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै खानेपानी मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेर त्यहाँ कार्यरत सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालको सचिवमा सरुवा गरिएको छ ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव एवम प्रवक्ता राजेन्द्रकुमार पौडेललाई सहसचिवबाट सचिवमा बढुवा गरेर कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन समेत गरेको छ । कोशी प्रदेशका प्रमुख सचिवको जिम्मेवारीमा रहेकी चन्द्रकला पौडेलको यस अघिको मन्त्रिपरिषद् बैठकले सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित