एनपिएलमा आज जनकपुर र लुम्बिनी भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे साविक विजेता जनकपुरले लुम्बिनीसँग खेल्नेछ। प्रतियोगितामा लुम्बिनीले लिग चरणको अन्तिम खेल खेल्दै छ।

लुम्बिनी अघिल्लो ६ मध्ये ३ खेल जितेर प्लेअफ नजिक छ। अंक तालिकामा ६ अंक जोडेको लुम्बिनीलाई आजको खेल जित्नै पर्ने दबाब छ। खेल जिते उसले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। लुम्बिनीले खेल जिते प्रतियोगिताको प्लेअफ समीकरण पनि पूरा हुनेछ।

पहिलो संस्करणको विजेता जनकपुर भने यसपालिक खराब लयबाट गुज्रिरहेको छ। २ अंक सहित तालिकाको पुछारमा रहेको उसले अघिल्लो ५ मध्ये एउटा मात्रै खेल जितेको छ। जनकपुरले शुक्रबार आफ्नो छैटौं खेल खेल्दैछ।

जनकपुरले आजको खेल जितेको अवस्थामा प्लेअफ समीकरणमा अन्य खेलहरूमा निर्भर रहनेछ। सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। प्रतियोगितामा अपराजित रहँदै १२ अंकका साथ सुदूरपश्चिम शीर्ष स्थानमा छ। उसले अझै एक खेल खेल्न बाँकी छ। सबै खेल खेलिसकेको काठमान्डु १० अंकका साथ दोस्रो स्थानमा छ। एक खेल बाँकी रहेको विराटनगर ८ अंक बनाएर तेस्रो स्थानमा छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित