मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सदनमा सम्बोधन गर्दै यसअघिका मुख्यमन्त्रीले पनि प्रदेश प्रमुख कार्यालयमा शपथ नखाएको जिकिर गरे।

‘मभन्दा अघि चार जना मुख्यमन्त्री हुनुभएको थियो, उहाँहरू सबैले फरक फरक स्थानमा शपथ खानुभएको थियो,’ यादवले भने, ‘एक जना मुख्यमन्त्रीज्यूले खेलकुदको ग्राउन्डमा शपथ खानुभयो। अर्का मुख्यमन्त्रीज्यूले हलमा शपथ खानुभयो। अर्का मुख्यमन्त्रीज्यूले मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा शपथ खानुभयोअनि अर्का मुख्यमन्त्रीले हलमा शपथ खानुभयो। मुख्यमन्त्रीले कहाँ शपथ खायो ? भन्ने विषय सरोकारको विषय होइन।’

उनले आफ्नो बाध्यात्मक नियुक्ति भएको कारण विश्वासको मतको चिन्ता नलिएको बताए। आफू ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको बताउँदै उनले जनताप्रति उत्तरदायी भूमिका खेलेको दाबी गरे। उनले आफू मुख्यमन्त्री भएर जति दिन सम्हाले पनि त्यो संविधानको रक्षाको लागि अडिक भएर लागेको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित