कुलमानले आज पार्टी घोषणा सभा गर्दै

काठमाडौं । उज्यालो नेपाल पार्टीले ऊर्जामन्त्री कुलमान घिसिङकै उपस्थितिमा आज मंसिर १७ गते घोषणा सभा आयोजना गर्दै छ।

उक्त पार्टीले शुक्रबार नै पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आज (बुधबार) दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवनमामा घोषणा सभा आयोजना गरिने भएको हो। चुनावको मुखमा मात्रै पार्टीमा क्रियाशील हुने भनिएका कुलमान त्यसअघि नै पार्टीमा आधिकारिक रूपमा खुल्न लागेका हुन्।

आजको घोषणा सभामार्फत उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको उज्यालो नेपाल पार्टीले जनाएको छ।

जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन उसले आह्वान गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित