महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएपछि गाउँपालिका अध्यक्षले छोडे एमाले

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले एमाले परित्याग गरेको घोषणा गरेका छन्।

आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधिमा असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन्।

महाधिवेशन प्रतिनिधिका आकांक्षी चन्दलाई प्रतिनिधि बन्नबाट रोकिएको थियो। त्यसपछि असन्तुष्ट उनले फेसबुकमा बैतडीबाट प्रतिनिधित्व गर्ने एमाले नेता दामोदर भण्डारी र लीलाधर भट्टविरुद्ध चर्को आलोचना गरिरहेका छन्।

०४७ सालमा एमालेमा आबद्ध भएका चन्द शिक्षण पेशा छोडेर राजनीतिमा होमिएका थिए। पञ्चेश्वर गाउँपालिकामा चन्द दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका थिए।

जिल्ला नेतृत्वले यहाँका जनप्रतिनिधिहरू र पार्टी कार्यकर्ताहरूबीच द्वन्द्व सिर्जना गराएर पालिका चाहेको काम गर्न नदिएको आरोप उनले लगाए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित