प्रेस सेन्टर कालीकोटका अध्यक्ष आचार्यको दुर्घटनामा मृत्यु

काठमाडौं । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ को कार्यालयअगाडि आचार्य सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइतेको भएका थिए । मूलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र ३४ वर्षीय आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोकिएका थिए ।

गम्भीर घाइते शुभकालिका गाउँपालिका– १, घर भई हाल वीरेन्द्रनगर– १, बस्ने आचार्यको उपचारको क्रममा गएराति मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । मोटरसाइकल चालकको अवस्था मध्यम छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित