पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो । पोखराले यसअघि पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो ।

जनकपुरको भने यो लगातार तेस्रो हार हो । जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो ।

साविक विजेतालाई सस्तैमा रोक्न विपीन खत्रीले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा १५ रनमात्र खर्चिएर चार विकेट लिए । ३।७५ को इकोनोमीमा बलिङ गरेका विपीनले ओपनर आसिफ सेख, सुभ कंशाकार, अनिलकुमार साह र मयन यादवलाई पभेलियनको दिशा देखाए । ब्याटिङमा अर्धशतक बनाएका सुमित बर्माले दुई विकेट लिए । कुशल भुर्तेल र जिम्मी निसमले एक–एक विकेट लिए ।

जनकपुरका चार ब्याटरमात्रै दोहोरो अंकसम्म पुग्न सके । आठौँ नम्बरमा ब्याटिङका निम्ति आएका वायन पार्नेलले अर्धशतक बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ३८ बलमा दुई चौका र चार छक्का प्रहार गरे । १९.२ ओभरमा ५० रन पूरा गरेसँगै पार्नेल ‘रिटायर्ट हर्ट’ भए । पार्नेलले जनकपुरबाट आफ्नो पहिलो खेलमै अर्धशतक पूरा गरेका थिए । सोही ओभरको तेस्रो बलमा पोखराका बलर डान डाउथवट पनि ‘रिटायर्ड हर्ट’ भए । अन्तिम ओभरको तेस्रो बल फ्याक्दा पार्नेल मांसपेसीको खिचावका कारण डाउथवेट डगआउटमा फर्किएका हुन् । डाउथवेटको स्थानमा सागर ढकालले बाँकी तीन बल फ्याके ।

जनकपुरका सञ्जय कृष्णमुर्थीले २५ र ओपनर माज सदाकले २० रन थपे । अविजित रहेका ललित राजवंशीले १० रन बनाए । जनकपुरका ओपनर आसिफ सेख गोल्डेन डक भए । सुभ कंशाकारले चार, जान निकोल लोफ्टी इटोनले दुई, कप्तान अनिल साहले एक, मयन यादवले चार र रुपेश सिंहले सात रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको थियो । पोखराका सुमितले सर्वाधिक ५० रन बनाए । अविजित रहेका उनले २९ बलमा दुई चौका र चार छक्का प्रहार गरे ।

पोखराबाट ओपनरद्वय दीनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका निम्ति ८.३ ओभरमा ६१ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दीनेश खरेलले तीन रन बनाए । रोसिङ्टनले १७ बलमा तीन चौकासहित २४ रन थपे ।

तर, स्कोरबोर्डमा ६४ रन बनाउँदा चार विकेट गुमाएपछि पोखरा पुनः दबाबमा आएको थियो । ६४–४ को स्थितीबाट पाँचौँ विकेटका निम्ति सुमित वर्मा र त्रितराज दासले ७२ रनको साझेदारी गरेपछि पोखरा चुनौतीपूर्ण लक्ष्यसम्म पुगेको हो ।

त्रितराजले २८ बलमा २९ रन बनाए । पोखराका कप्तान कुशल भुर्तेल ‘गोल्डेन डक’ भए । नवौँ ओभरको चौथो बलमा पोखराले भुर्तेललाई गुमाएको हो । सोही ओभरको तेस्रो बलमा एडम रोसिङ्टन आउट भएपछि भुर्तेल ब्याटिङका निम्ति क्रिजमा ओर्लिएका थिए । तर, लगत्तै चौथो बलमा जनकपुरका सञ्जय कृष्णमुर्थीले भुर्तेललाई बोल्ड गरे ।

गत सिजन जनकपुरबाटै खेलेको जिम्मी निसम पनि एक रनमै पभेलियन फर्किए । डान डाउथवेटले सात रन बनाए ।

जनकपुरका सञ्जय कृष्णमुर्थीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सञ्जयले ५.२५ को इकोनोमीसहित २१ रनमात्र खर्चिए । कप्तान अनिल साह र ललितनारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित