जसपा मधेश प्रदेशका अध्यक्ष यादवले दिए राजीनामा, नेकपा प्रवेश गर्ने तयारी

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेस प्रदेशका अध्यक्ष अशोककुमार यादवले राजीनामा दिएका छन् । उनले आज जसपाको अध्यक्षसमक्ष साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । वर्तमान राजनीतिक अवस्थामा देश र मधेसको विकास तथा अधिकारको रक्षा मधेस केन्द्रित दलहरूबाट सम्भव नहुने भन्दै उनले जसपाबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘मधेसी जनअधिकार फोरम नेपाल बाट राजनीति सुरु गरी हाल जनता समाजवादी पार्टीसम्म आउँदा सधैँ अन्याय, अत्याचार, शोषण तथा विभेदविरुद्ध अबाज उठाउँदा कैयन पटक थुना, जेल र मुद्दा मामिलाहरू भोग्दै आफ्नो ज्यान समेतको प्रवाह नगरेको म आज मितिबाट सम्हाल्दै आएको पार्टीको जिम्मेवारी तथा पार्टीको धारण सदस्य समेतबाट राजीनामा गर्दछु ।’ जसपाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा केही नेताहरू आजै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्न लागेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित