काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । काठमाडौं गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससामु एक सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको काठमाडौंले आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको हो।

काठमाडौंका कप्तान करण केसी ३४ रनमा अविजित रहे। उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे । ओपनर आकाश त्रिपाठीले ३२ रन बनाए। ३६ बलमा तीन चौकाको सहयोगमा ३२ रन बनाएका आकाश शेर मल्लको बलमा डिआर्सी सर्टको हातबाट क्याच आउट हुन पुगे।

त्यस्तै, १६ बलमा दुई छक्का प्रहार गरेका सन्तोष यादवले २६ रन बनाउँदा रुवेन ट्रम्पलम्यानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट नै भए। मिलिन्द कुमार र जेरहार्ड इरसमस समान १७ रन थप्दै पेभेलियन फर्के।

रसिद खानले १४ रन थपे। जोन सिम्सन सात र वेन चार्ल्सवर्थ शून्य रनमा नै आउट भए। मोहम्मद आदिल आलम चार रन बनाउँदा क्याच आउट भए।

लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैबले दुई–दुई विकेट लिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित