बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ दहाखोलामा एक पुरुष मृत फेला परेका छन् । मंसिर ७ गते न्वागी मेला हेर्न भनि घरबाट हिँडेका गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर १ भर्माचौरका ३७ वर्षीय रामु अर्याल मंगलबार मृत फेला परेका हुन् ।
प्रहरी चौकी ग्वालीचौरका अनुसार अर्याल मंसिर ७ गते बिहान ११ बजे न्वागी मेला हेर्न भनि घरबाट हिँडेका थिए । मृत भेटिएका अर्यालको विषयमा थप अनुसन्धान भइरहेको र अहिले शव पोष्टमार्टमका लागि बुर्तिबाङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।




































