प्रहरीका ३ डीआईजीको सरुवा, को-कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार तीन जना डीआईजी सरुवाको निर्णय गरेका हुन् ।

कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी विनोद घिमिरेले पाएका छन्। यसअघिका प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै कोसी प्रदेशमा प्रहरी प्रमुख रिक्त भएको थियो। कार्कीलाई भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय भएको छ।

कोसी प्रदेशको जिम्मेवारी पाएका घिमिरे प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा केही हप्ता अघि मात्रै सरुवा भएका थिए। त्यसअघि उनी प्रहरीको केन्द्रीय प्रवक्ता थिए।

प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित